२०८१ बैशाख ११ गते मङ्गलवार

चखौरा अबलोकनका लागि आउँदै गरेको बस दमारगाउँ बनको उकालोमा दुर्घटना

दाङ, १५ पुस । बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । अमिलिया-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-१३ दमारगाउँ बनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा ३० जना बढी घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेलाई उद्धार गरी तुलसीपुर र नेपालगञ्ज पठाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४० जना सवार रहेका थिए ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषक समुह दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको चखौरा संग्रालयमा पिकनिकका लागि आउँदै गरैको बस दुर्घटनामा परेको हो ।

बसको बे्रक फेल भएर दुर्घटनामा परेको डिएसपी पोखरेलले बताउनुभयो । बस सडकको नालातिर गएकाले पनि ठुलो मानविय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस