२०८० फाल्गुन २२ गते मङ्गलवार

दाङमा अटो पल्टीदा दुई जना घाईते

दाङ, ११ पुस । दाङमा अटो पल्टीदा दुई जना घाईते भएका छन् । शान्तिनगर गाउँपालिका-५ पञ्चकुलेमा शान्तिनगरतर्फ जाँदा गरेको रा १ ह २३५३ नम्बरको अटो आफै अनियन्त्रित हुँदा सल्यानको शारदा नगरपालिका वडा नम्बर २ का ४२ वर्षिय किरण माली र दाङको बबई गाउँपालिका वडा नम्बर ७ निवासी ४२ वर्षका प्रविन वली घाईते हुनुभएको छ ।

घाईतेमध्ये मालीलाई बाँया खुट्टामा बढी चोट रहेकाले राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । वलीको तुलसीपुरमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्त नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस