२०८० फाल्गुन २१ गते सोमवार

प्युठानबाट भालुवाङतर्फ आउँदै गरेको माइक्रो बस दुर्घटना

प्यूठान, ११ पुस । प्यूठानमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । प्यूठानको बाग्दुलाबाट भालुबाङतर्फ आउँदै गरेको लु २ ख ३०९३ नम्बरको माइक्रो बस सरुमारानी गाउँपालिकाको बड्डाडानजिकै दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् ।

नमस्ते दाङ यातायात प्रालिको गाडी दुर्घटनामा परेको हो । घाइतेहरूको भालुबाङमा उपचार हुँदै छ । दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सागर भुषालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस