२०८१ फाल्गुन १ गते बिहिवार

बबईमा अन्तरपालिका स्तरिय कबड्डी प्रतियोगिता शुरु


हापुरे, ७ पुस । दाङको हापुरेमा आजदेखि बबई अन्तर पालिका स्तरिय महिला तथा पुरुष कवड्डी प्रतियोगिता सुरु भएको छ ।

बबई गाउँपालिका शिक्षा,युवा तथा खेलकुद परिषदको आयोजना एवं दाङ जिल्ला कवड्डी संघको प्राबिधिक तथा आर्थिक सहयोगमा संचालित प्रतियोगिताको बबई गाउँ पालिका अध्यक्ष कुल बहादुर खत्रीले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खत्रीले बबई गाउँपालिका लाई खेलकुदको हवको रुपमा बिकास गर्न आफू लागि पर्ने बताउनु भएको छ ।

स्थानीय स्तरबाटै खेल विकासको स्पष्ट खाँका कोर्ने लक्ष्य उदेश्यले गाउँपालिका भित्र क्रीकेट रंगशाला निर्माण कार्यलाई गाउँपालिकाको पहिलो प्राथमिकतामा पारिएको उहाँले बताउनु भयो ।

उहाँले गाँउपालिकाको निति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिएको र पालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय उच्च प्राथमिकतामा रहेको समेत उहाँले बताउनुभयो ।

बबई गाउँपालिका सामाजिक बिकास समितिका संयोजक टेक बहादुर वलीको अध्यक्षता तथा पालिका अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश कवड्डि संघका अध्यक्ष जनार्दन खत्री र दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्यको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

लुम्बिनी प्रदेश कवड्डि संघका सदस्य टोपेन्द्र थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजीकरण दाङ जिल्ला कवड्डि संघका सचिब सशिराम वलीले गर्नु भएको थियो । यसैबिच प्रतियोगिता अन्तरगत शनिवार भएको खेलमा पुरुषतर्फ राप्ती गाउँपालिका र बबई गाउँपालिका बिजयी भएका छन् भने महिलातर्फ बबई र शान्तिनगर बिजयी भएका छन् ।

प्रतियोगितामा आईतवार तुलसीपुर उपमहानगरपालिका र दङ्गिशरण गाउँपालिका बिच पहिलो खेल हुनेछ । खेल बिहान ८ बजेबाट सुरु हुनेछ । कवड्डि खेलको बिकास र बिस्तार संगै नवप्रतिभावन खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको हो ।

प्रतियोगिताको पुरुष तथा महिला तर्फको बिजेताले नगद तिस/तिस हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेताले नगद पन्ध्र/पन्ध्र हजार सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्दा तृतिय स्थान प्राप्त गर्ने टिमले ट्रफी,मेडल,प्रमाणपत्र मात्र हात पार्ने दाङ जिल्ला कवड्डी संघका अध्यक्ष कुल बहादुर डाँगीले जानकारी दिनु भएको छ ।

त्यस्तै प्रतियोगितामा महिला तथा पुरुष एक/ एक जना सर्बोउत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितामा जिल्लाका दश पालिकामध्य पुरुषतर्फ ७ र महिला तर्फ ६ पालिकाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस