२०८१ चैत्र ९ गते शनिवार

जन्मदिनमा शिक्षक भिमसेनले गरे, नगद सहयोग

सल्यान, ३ पुस । सल्यानमा एक शिक्षकले जन्मदिनको अवसरमा विभिन्न व्यक्तिलाई नगद सहयोग गरेका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिमस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भिमसेन बिएमले जन्मदिनको अवसरमा विभिन्न व्यक्तिलाई नगद सहयोग गर्नुभएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक समेत रहनुभएका बिएमले जीवन ज्योति माविबाट एथ्लेटिक्स तर्फको लामो दौडको खेलाडीका रुपमा राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा कणर्ाली प्रदेशको प्रतिनिधित्व गरी काठ्माण्डौको दशरथ रंगशालामा खेल प्रदर्शन गर्ने मोहन बोहरालाई नगद एक हजार सहयोग गर्नुभएको छ ।

यस्तै राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट खेल प्रदर्शन गर्ने कराते साहुलाई एक हजार, विद्यालयको पुस्तकालय कोषका लागि एक हजार, सल्यानको शारदा नगरपालिकाका युव वैज्ञानिक बिजय राना मगरलाई तीन हजार, दुवै मृगौला फेल भएका छत्रेश्वरी-५ मैनेरीका तेज बहादुर बिकलाई १ हजार, राष्ट्रिय आविष्कार केन्द्रका महाबिर पुनलाई नगद १ हजार सहयोग गर्नुभएको छ ।

जन्मदिनमा गरिने फजुल खर्च कटौति गरेर विभिन्न व्यक्तिलाई नगद सहयोग गरिएको शिक्षक बिएमले बताउनुभयो । जन्मदिनको अवसरमा मृगौला पिडितसहित विभिन्न व्यक्तिलाई रकम सहयोग गर्ने सहायक प्रधानाध्यापक बिएमलाई प्रधानाध्यापक भुपाल साहुले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस