तुलसीपुर, २९ मंसिर । ज्ञानज्योती फाउन्डेसन प्रथम रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी अमृत एकेडेमी तुलसिपुर-१९ ले जितेको छ ।
आदर्श स्मार्ट एकेडेमी तुलसिपुर ६ को आयोजना तथा ज्ञानज्योती फाउन्डेसनको सहकार्यमा संचालित प्रतियोगितामा ३ स्वणर्, १ रजत र ४ कास्य पदक हात पार्दै अमृत एकेडेमी तुलसिपुर १९ ले उपाधी जितेको हो ।
त्यस्तै ३ स्वणर्,१ रजत र २ कास्य पदक जितेको पिएनके पाठशाला तुलसीपुर-१ ले द्वितिय स्थान हात पार्दा पब्लिक ज्ञान ज्योति तुलसीपुर बम्नै २ स्वणर्, ३ रजत पदक सहित तृतिय भएको छ ।
तीन दिन संचालित प्रतियोगितामा फाउन्डेसन भित्रका ६ विद्यालयको सहभागिता रहेको थियो ।
यसैबिच आयोजक विद्यालय आदर्श स्मार्ट एकेडेमी तुलसीपुरका प्रीन्सिपल वसन्त टण्डनको अध्यक्षता तथा दाङ जिल्ला एथलेटिक्स संघका सचिव लक्ष्मण बस्नेतको प्रमुख आतिथ्य एवं ज्ञानदिप कलेज तुलसीपुरका सहायक प्रधानाध्यापक मनोज केसीको विशिष्ट आतिथ्यमा भएको समापन समरोहमा विजेता विद्यालय तथा खेलाडीलाई शिल्ड,मेडल प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रमको संचालन आदर्श स्मार्ट एकेडेमीका शिक्षिका यमुना अधिकारी र खेल संयोजक सुरज वलीले गर्नुभएको हो ।