२०८१ असोज ४ गते शुक्रवार

जीवन ज्योति माविलाई कपुरकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

सल्यान, २५ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकामा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियागिताको शिल्ड जीबन ज्योती नमुना माध्यमिक बिद्यालय कपुरकोट ५ रिमले जीतेको छ । नमुना माबि रिमले लगातार तेस्रो पटक जितेर ह्याट्रिक शिल्ड जितेको हो ।

कपुरकोट गाउँपालिका वडा नम्बर ६ छाँयानाथमा रहेको भवानी माध्यमिक विद्यालयमा मंसिर २२ गते देखि सुरु भएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता नमुना माबि रिमले २४ स्वणर्,१९रजत र १३ काँस्य जितेको छ ।

यस्तै १२ स्वणर् १५रजत र १९ कांस्य जितेर नेपाल राष्ट्रिय मा.बि.किमुचौर दोस्रो भएको छ भने ९ स्वणर् ,१० रजत र ८ काँस्य जितेर कालिका मा.बि.कपुरकोट तेस्रो भएका छन् ।

७ स्वणर्, १० रजत,८कांस्य जितेर भवानी मा.बि.छाँयानाथ चौंथो र ५ रजत र ७ काँस्य जितेर बीरेन्द्र माबि गर्पा पाँचौ भएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र रहेका ५ वटा माध्यमिक बिद्यालय बिच ४ वटा बिधामा ५४ स्वणर् पदकका लागि भएको प्रतियोगिताको शिल्ड जीबन ज्योती नमुना मा.बि.रिमले जितेता पनि ४ बिधा मध्य भएको भलिबल छात्र,कबड्डी छात्र र मार्सल आर्ट अन्तर्गतको तेक्वान्दोमा स्वणर् कालिका मा.बि कपुरकोटले जितेको छ ।

यस्तै भलिबल छात्रा र कराँते छात्र,छात्रामा नमुना मा.बि.रिम,कबड्डी छात्रामा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय किमुचोरले स्वणर् जितेको शिक्षा शाखा प्रमुख सरस्वती भण्डारीले जानकारी दिनुभयो ।

कपुरकोट खेलकुद बिकास समितिका अध्यक्ष शेर बहादुर पुनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष एबम् शिक्ष समिति संयोजक दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा यसवर्ष केन्द्रिय निर्देशिका अनुसार खेलकुदको सम्पूणर् मादण्ड पुरा गरेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।

१३ औं गाउँसभाबाट आवश्यक बजेट बिनियोजन प्रतियोगिता सञ्चालन गरिएको उपाध्यक्ष भण्डारीको भनाई छ ।

गाउँपालिको आयोजना,कपुरकोट खेलकुद बिकास समितिको सहजिकरण तथा भवानी मा.बि.छाँयानाथको ब्यबस्थापनमा पालिका स्तरीय प्रतियागिता भएको थियो भने यस बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जीवन ज्योती नमुना मा.बि रिममा हुनेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस