२०८१ असोज १८ गते शुक्रवार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

तुलसीपुर, २२ मंसिर ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । जसमा रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैङक कर्जाको वृद्धिदरलाई दृष्टिगत गर्दै बैङक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ % बाट घटाई ३ प्रतिशत कायम गरिएको छ ।

यसरी नीतिगत दर घटाएर राष्ट्र बैङकले बैंकहरुलाई ब्याजदर घटाउन प्रोत्साहन गरेको छ । केन्द्रीय बैंकले बैंक दर ०।५ प्रतिशत विन्दुले तथा नीतिगत दर १ प्रतिशत विन्दुले र निक्षेप बोल कबोल दर लाई १ं.५ प्रतिशत विन्दुले घटाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस