२०८१ माघ २ गते बुधवार

सौडियारमा वडा कप फुटवल प्रतियोगिता सुरु

दाङ,२२ मंसिर । दाङको सौडियारमा वडा कप फुटवल प्रतियोगिता सुरु भएको छ । घोराही उप महानगरपालिका वडा नम्वर ७ को आयोजनामा र युवा तथा खेलकुद समिति सौडियारको संयोजनमा प्रतियोगिता सुरु भएको हो ।

वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन घोराही उप महानगरपालिका,सामाजिक विकास समितिका संयोजक राममणी पाण्डेले गर्नुभएको थियो ।

सो अवसरमा पाण्डेले स्वस्थ नागरिक हुनका लागि शारिरिक व्यायम आवश्यक पर्ने भएकाले खेलप्रति सवैको चासो हुन जरुरी रहेको बताउनुभयो । खेलको विकासकै लागि नगरका सवै बिद्यालयमा खेल सम्वन्धि सकारात्मक धारण बनाउन र खेलका नियम सिकाउन यसै बर्षदेखी खेलकुद शिक्षक राख्न थालेको उहाँले जानकारी दिनुभयो ।

युवा तथा खेलकुद समिति सौडियारका संयोजक लोक बहादुर कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडाका कर्मचारी विमल योगीले गर्नुभएको थियो । घोराही उप महानगरपालिकाको स्थापना दिवसका अवसरमा सञ्चालन हुने मेयरकप प्रतियोगितामा खेलाडी छनौट गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस