२०८१ चैत्र ७ गते बिहिवार

घोराही-लमही सडक बन्द हुने

दाङ, १८ मंसिर । घोराही-लमही सडक दुई दिन बन्द हुने भएको छ । मसोट खोला उकालोमा सडकम मर्मतका लागि दुई दिन सडक बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

मंगलबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र बेलुका पाँच बजेदेखि ७ बजेसम्म सडक बन्द गरेर मर्मत गरिने भएको हो ।

बन्द हुने समयमा अर्जुनखोला-अमेलिया-तुलसीपुर-घोराही सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस