
दाङ, ८ मंसिर । दाङको तुलसीपुरमा ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा संचालन हुने प्रतियोगिता यहि मंसिर २८ गते देखि सुरु हुनेछ ।
विस २०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा निधन भएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका संचालक गङ्गादेव गाउँ पालिका वडा नम्बर ७ रोल्पा राँक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर खेल मैदानमा तीन दिनसम्म संचालन हुने प्रतियोगितामा २० बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै द्वितीय र तृतीय हुने टिमले क्रमश : नगद २० र १० हजार, कप, मेडल प्रमाणपत्र हात पार्ने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ३ हजार राखिएको एरीले जानकारी दिनुभयो ।