२०८१ असोज ४ गते शुक्रवार

सकियो चाडपर्व : सार्वजनिक सवारीमा भिड

दाङ, ४ मंसिर । चाडपर्व सकिएसंगै सहरमा चहलपहल बढेको छ भने गाउँ सुनसान बन्दै गएका छन् । नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सकिएको छ । तिहार मनाउन आफनो घर तथा आफन्तकोमा पुगेकाहरु कर्मथलोमा फर्कन थालेका छन् ।

तिहारको मूख्य दिन भाइटीकाका लागि दाजुभाई कहाँ पुगेका दिदीबहिनी घरमा र तिहार मनाउन जन्मथलो पुगेका दाजुभाइहरु कर्मथलोमा फर्कन थालेपछि सार्वजनिक सवारीमा पनि चाप बढेको छ ।

दाङ भित्रने तथा बाहिरिने सवारीमा तिहार मनाएर फर्किनेको भिड बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक सवारीमा यात्रुको चाप बढेकाले पनि मापदण्ड विपरित संचालन हुने सवारी साधनमाथि निगरानी बढाएको बताउनुभयो ।

चाडपर्वको समयमा सवारीले सिट क्षमताभन्दा बढि यात्रु राख्ने गरेको उहाँले बताउनुभयो । सिट नहुदा पनि सवारी साधानमा यात्रा गर्दा दुर्घटनाको जोखिम चाडपर्वमा बढी हुने भएकाले सकेसम्म कोचाकोचमा यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्लले यात्रुलाई पनि सकेसम्म भिडभाड र कोचाकोचमा यात्रा नगर्न अनुरोध गर्नुभयो । गाँउबाट फर्किने मानिसहरुले गर्दा ग्रामिण क्षेत्रबाट बजार क्षेत्रमा आउने सवारीका साधनहरुमा पनि मानिसहरुमा सवारीको चाप बढेको छ ।

तिहार मनाएर फर्किनेहरुले गर्दा बसपार्क तथा सवारी साधनहरुमा छुटने स्थानहरुमा भिड देख्न सकिन्छ । तिहारपछि अधिकांश विद्यालय आजदेखि खुलेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस