दाङ, ३० भदौ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर फेलोसिप खसी कप भलिबलको बिजेता बनेको छ ।
फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसीपुर-५ ले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाईनल खेलमा हेलो मोबाईल सेन्टर तुलसीपुरलाई २६-२८, २१-२५, २५-२१, २५-१७ र १५-११ अर्थात ३-१ को सेटमा पराजित गर्दै राप्ती किङ बिजेता बनेको हो ।
तुलसीपुर-६ को खेल मैदानमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा बिजेता बनेको राप्ती किङले २५ हजार बराबरको खसी तथा मेडल पुरस्कार हात पार्दा हेलो मोबाईल उपबिजेतामा सिमित रहदै मात्र मेडलमा चित्त बुझाउन बाध्य भएको आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु ऐरीले जानकारी दिनुभयो ।
भदौ २८ गते देखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
यसैबिच बिजेता टिम तथा खेलाडीलाई आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु ऐरी, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, तेक्वान्दोका अन्तराष्ट्रीय खेलाडी मोहन सुनार, भलिबलका राष्ट्रिय रेफ्री तथा एफआईभिबिएका लेवन वान कोच द्रोण चन्द लगाएतले पुरस्कार प्रदान गर्नु भएको हो ।
कार्यक्रमको संचालन अनलाइन टिभी पत्रकार संघ दाङका अध्यक्ष एच आर मगरले गर्नुभएको हो ।