
दाङ, २९ भदौ । तुलसीपुर सेन्टर माध्यमिक विद्यालयले फुटबल खेलाडी निशान्तराज लवटलाई नगदसहित सम्मान गरेको छ ।
विद्यालयले शुक्रबार ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा भुटानमा भएको यु-१६ साफ च्याम्पीयन सिप फुटबल प्रतियोगितामा सहभागी लवटलाई नगद ५ हजारसहित सम्मान गरेको हो ।
तुलसीपुर-५ का लवट तुलसीपुर सेन्टर माविमा कक्षा ११ मा अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । भुटानमा भएको फुटबल प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेर खेल खेलेका लवटलाई नगदसहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताउनुभयो ।
फुटबलमा तुलसीपुरमात्रै नभएर नेपाललाई नै चिनाउन सफल लवटलाई थप हौसलाका लागि नगदसहित सम्मान गरिएको उहाँले बताउनुभयो । लवट अनुशासित, लगनशिल विद्यार्थीमात्रै खेलकुदमा पनि ठुलो संभावना बोकेको विद्यार्थी रहेको उहाँको भनाई छ ।
तुलसीपुर सेन्टर माविले शिक्षासंगै खेलकुदलाई पनि अगाडी बढाईरहेको प्रअ पौडेलले बताउनुभयो । खेल क्षेत्रमा रुचि राख्ने विद्यार्थीलाई खेलकुदको प्रशिक्षण पनि गरिरहेको खेल प्रशिक्षक दुर्गाराज लवटले बताउनुभयो ।