तुलसीपुर, २६ भदौ । दाङमा सर्पको टोकाईबाट दुई जना बिरामी परेका छन् । दंगिशरण गाउँपालिका वडा नम्बर ५ का ८० वर्ष लक्षिण प्रसाद योगी र ३१ वर्षिय ज्ञानेन्द्र कुँवरलाई सर्पले टोकेको हो ।
योगीलाई सर्पले मंगलबार दिउँसो घाँस काट्ने क्रममा टोकेको हो भने कुँवरलाई मंगलबार बिहान खेतमा पानी चार्ने क्रममा सर्पले टोकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले ईकापी न्यूजलाई जानकारी दिनुभयो ।
सर्पले टोकेका दुई जनामध्ये ८० वर्षिय योगीको अवस्था गम्भिर रहेको छ भने कुँवरको अवस्थामा सामान्य रहेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार