तुलसीपुर, ९ भदौ । तुलसीपुरको हाम्रो पहुँच माविमा तेकवान्दो खेलाडीको ग्रेडिङ गरिएको छ । तेकवान्दो खेल खेलिरहेका १२० जना तेकवान्दो खेलाडीको ग्रडिङ गरिएको हो ।
हाम्रो पहुँच तेकवान्दो डोजाङसहित बेलझुण्डी तेकवान्दो डोजाङ र अमृत तेकवान्दो डोजाङ बिजोरीमा तेवान्दो प्रशिक्षण लिइरहेका खेलाडीको शनिबार गे्रडिङ गरिएको हो ।
हाम्रो पहुँच माविका विद्यालय व्यवस्थापन समितिका संयोजक भरत भण्डारीको अध्यक्षता तथा दाङ जिल्ला तेकवान्दो संघका अध्यक्ष बिष्णु अधिकारीको प्रमुख आतिथ्यतामा ग्रेडिङ कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा संघका अध्यक्ष अधिकारीले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण फराकिलो बन्दै गएको बताउनुभयो । उहाँँले खेलले स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने भन्दै अनुशासनमा लैजाने काम पनि गर्ने बताउनुभयो ।
विद्यालयका संयोजक भरत भण्डारीले हाम्रो पहुँच माविले पढाईसंगै विभिन्न विधालाई प्राथमिकताका साथ संचालन गरेको बताउनुभयो । तेकवान्दोको प्रशिक्षण हाम्रो पहुँच माविले दुई ठाउँमा संचालन गरेको भन्दै प्रशिक्षक पनि आफै उत्पादन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा दाङ्ग जिल्ला तेक्वान्दो संघका वरिस्ठ उपाध्यक्ष तिलक झाक्री मगर र स्वागत परियारले ग्रेडिङ्ग सम्पन्न गर्नुभएको हो ।
कार्यक्रममा अभिभावक रुकमणी खनाल र त्रिपुरा कुमारी वलीले तेवान्दो खेल खेल्न थालेपछि बालबालिकामा बिहानै छिटो उठ्ने बानीको विकास भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण प्रशिक्षक राकेश परियारले गर्नुभएको हो ।