२०८१ माघ ९ गते बुधवार

घोराही जाँदै गरको स्कारपियो बग्यो खोलामा

दाङ, ९ साउन । दाङमा खोलाले स्कारपियो गाडी बगाएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ११ च ९५११ नम्बरको स्कारपियो गाडी सौडीयार-सर्रा सडकखण्डमा पर्ने तुलसीपुर-१४ जनकपुरस्थित सोता खोलाले बगाएको हो ।

खोलाले गाडीलाई करिब १५ मिटर तलसम्म बगाएको छ । गाडी खोलाले बगाएपनि चालकलाई सकुशल उद्धार गरिएको दाङका प्रमुख जिल्ला अधिकारी शुसील बैद्यले जानकारी दिनुभयो ।

गाडीलाई पनि खोलाबाट निकालिएको छ । क्षतिको विवतरण आउन बाँकी छ । गाडी खाली भएका कारण पनि मानविय क्षति हुन नपाएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस