२०८१ चैत्र ६ गते बुधवार

स्यार्पु तालमा डुबेर एक बालिका बेपत्ता

रूकुम पश्चिम, १२ असार । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा रहेको स्यार्पू तालमा डुबेर मंगलबार दिउँसो एक बालिका बेपत्ता भएकी छन् ।

दिउँसो १ बजेदेखि पूर्ण बहादुर विकको ९ वर्षिय छोरी टीका विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

स्यार्पूताल माविमा कक्षा ४ मा अध्ययनरत विक साथीहरूसँगै विद्यालयको हाफ टाइममा पौडी खेल्न गएको समयमा डुबेको प्रहरीले जनाएको छ ।

उनीसँगै गएका अरू पाँच जना साथीहरू भने सकुशल घर फर्किएको खड्काले बताउनुभयो । बेपत्ता विकको अहिले खोजी कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस