२०८१ मङ्सिर २३ गते आइतवार

शान्तिनगरको बजेट ४६ करोड बढी

दाङ, १० असार । दाङको शान्तिनगर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड बढीको बजेट ल्याएको छ ।

पालिकाको १४ औं गाउँसभाबाट ४६ करोड १३ लाख ९३ हजार एक सय दश रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको पालिका प्रमुख प्रमोद बस्नेतले जानकारी दिनुभयो । यसैगरी आगामी आर्थिक वर्षमा खरको छानोमुक्त पालिका बनाउनेदेखि उज्यालो शान्तिनगरको योजनालाई सार्थक बनाउने उहाँले बताउनुभयो ।

सभामा पालिका प्रमुख बस्नेतले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने पालिकाका उपप्रमुख प्रेमाकुमारी बढाथोकीले बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटको पूणर्पाठ :

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस