
दाङ, १० असार । दाङमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाईबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरीकी १३ बर्षीया दिक्षा वलीको मृत्यु भएको हो ।
वलीलाई दिउँसो २ बजेतिर आफ्नै घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो ।
राति ९ बजे मात्रै उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थाकी वलीलाई त्यहाँबाट थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पताल पठाइएको थियो ।
उपचारका क्रममा बालिकाको आइतबार बिहान तीन बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी पर्वत केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० असार १० गते आइतवार