२०८१ जेष्ठ ५ गते शनिवार

चट्याङ लागेर दाङका दुई जनाको मृत्यु

दाङ, ९ असार । दाङमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ चट्याङ् पर्दा दंगीशरण गाउँपालिकाका दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नबराज केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरा बस्ने ३७ बर्षीय रामनारायण चौधरी र दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ३२ बर्षीय समीर केसीको मृत्यु भएको हो ।
चौधरीले आफ्नै बारीमा तरकारी टिपेर फर्किने क्रममा दंगीशरण ६ स्थित गोरु बाध्न बनाएको छाप्रोमा ओत लागिरहेको अबस्थामा शनिबार अपरान्ह ६ बजेतिर चट्याङ लागेको हो ।

त्यस्तै केसीलाई अपरान्ह ५ बजेतिर बागर स्थित खेतबाट घाँस लिदै गरेको अबस्थामा चट्याङ्ले लागेको थियो । उनीहरु दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस