
रुकुम पश्चिम, ९ असार । रूकुम पश्चिममा कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ ।
शनिबार दिउँसो ३ बजे चौरजहारी नगरपालिका–३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो ।
कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडीमा प्रदेश सभा सदस्य कल्याणी खड्कासहित ७ जना सवार रहेको इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमले जनाएको छ ।
गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ । घाइते सबै सामान्य नै छन् । घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति : २०८० असार ९ गते शनिवार