२०८१ फाल्गुन ४ गते आइतवार

तेक्वान्दो प्रतियोगितामा दाङका वली र पोख्रेललाई उपाधि

तुलसीपुर, २७ जेठ । प्रथम एनटिए खुल्ला ग्यरोगीलिग तेक्वान्दो प्रतियोगितामा दाङका विकास वली र आयुष पोख्रेल क्रमस प्रथम र द्वितीय स्थान हासील गरेका छन् ।

२० केजी तर्फबाट तेक्वान्दो प्रतियोगितामा सहभागी मावि कालाखोलामा अध्ययन गदै आएका तुलसीपुर — ७ का विकास वली प्रथम र तुलसीपुर ४ रक्षाचौरका मेरिगोल्ड इंगलिस बोडिङमा अध्ययन गर्ने आयुष पोख्रेल द्वितिय हुनुभएको हो ।

ललितपुरको सात दोवाटोमा भएको खेलमा उनीहरु प्रथम र दिृतिय स्थान हासील गरेको अभिभावक ताराप्रसाद पोख्रेले जानकारी दिनुभयो ।

प्रतियोगिताहरुको आयोजना गरी खेलाडीहरुलाई अत्याधिक रुपमा सहभागिता र अनुभव हासिल गराई भविष्यका लागि नयाँ प्रतिभावान र सम्भावित खेलाडीहरुको पहिचान गर्दै आगामी दिनका लागि उत्कृष्ट खेलाडीहरुको चयन गर्ने उद्देश्यले यो प्रतियोगिताले अहम भूमिका खेल्ने छ ।

प्रतियोगितामा नेपाल भरिका करिब १ हजार जना खेलाडीहरुले सहभागिता जनाउनुका साथ सिनियर ईभेन्ट तर्फ १८ वटा तौल समूह, जुनियर तर्फ तथा क्याडेट तर्फ ६-६ र चिल्ड्रेन तर्फ ८ गरी कुल प्रतिस्पर्धा ३८ ईभेन्टमा हुने प्रतियोगिता संयोजक बब्लु शिवाकाटीले जानकारी दिनुभयो ।

दाङको घोराही तुलसीपुरबाट पनि विभिन्न तौल समुहका खेलाडीहरु सहभागी भएका छन् भने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सात वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस