२०८१ असोज ४ गते शुक्रवार

पर्यटकिय गन्तव्य छिल्लीकोट पुग्न कच्ची सडक

छिल्लीकोट, २४ जेठ । ऐतिहासिक धार्मिक एवं पर्यटकियस्थल छिल्लीकोट पुग्न सडक धुलाम्य हुँदा समस्या हुने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित ऐतिहासिक, धार्मिक एवम् पर्यावरणीय महत्व बोकेको छिल्लीकोटले पर्यटकीय पूर्वाधार बटुल्दै गएपनि धुलाम्मे सडक र पुगिसकेपछि सहज खानेपानी आपूर्तिको व्यवस्थापन नहुँदा पर्यटन प्रवद्र्धनमा समस्या हुने गरेको छ ।

धार्मिक गन्तव्यसँगै पर्यटकीय गन्तव्यका रूपमा चिनिदै आएको छिल्लीकोटको पछिल्लो समयमा मुहार फेरिदै गएको छ । सुनसान छिल्लीकोटमा सन्चालनमा आएका एक दर्जन सामुदायिक होमस्टे र केही निजी होमस्टे सञ्चालनमा आउँदा दाङ जिल्लाबाट मात्र नभएर जिल्ला बाहिरका पर्यटक पनि आउन थालेका छन् ।

छिल्लीकोटलाई सम्बोधन गर्न पक्की सड़क प्रमुख आवश्यकता भएपनि यसको समाधानका लागि तीनै तहका सरकारले सम्बोधन गर्न चाहिरहेका छैनन् ।

शान्ति सुरक्षाको गुनासोसँगै केही समय अघि छिल्लीकोटमा अस्थायी प्रहरी चौकी स्थापना भइसकेको छ । यसअघि नै पर्यटन विभाग, तुलसीपुर उपमहानगरपालिका लगायत प्रदेश सरकारको सहयोगमा भ्यू-टावार र खानेपानीका योजना पनि सञ्चालनमा छन् ।

जसोतसो होमस्टेमा पानीको सहज व्यवस्थापन भए पनि सर्वसाधारणका लागि भने छिल्लीकोटमा पर्याप्त पानी छैन । गर्मीको मौसममा बढ़ी पाहुना पुग्ने गरेको छिल्लीकोटका सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष परवीर पुनले बताउनुभयो । उहाँले पर्यटकीय पूर्वाधार थप्न तीनै तहका सरकार जागरुक हुनुपर्ने बताउनुभयो ।

छिल्लीकोटमा जिपलाइन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा पर्ने छिल्लीकोट पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रमा आउने सर्वसाधारणलाई साहासिक खेल खेलेर रमाउन भन्ने उद्देश्यले निजी क्षेत्रवाट जिपलाइन निर्माणको काम भइरहेको हो । अहिले जिपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

दुई वर्ष पहिले कम्पनी रजिष्ट्रारको कार्यालय काठमादीमा छिल्लीकोट रिसोर्ट एण्ड एडभेन्चर प्राप्तिको नाममा कम्पनी दर्ता गरी जिपलाइन निर्माणको काम सुरु गरिएको म्यानेजिङ डाइरेक्टर ६५ वर्षीय शिव श्रेष्ठले बताउनुभयो ।

केही प्राविधिक समस्याले काममा केही बिलाइ भएको सञ्चालकहरू बताएका छन् । हालसम्म एक करोड जति लगानी पुगिसकेको र सबै संरचना तयार भइ परा हुदासम्म झण्डै डेड करोड लाग्नसक्ने अनुमान लगानीकर्ताको छ । जिपलाइन सञ्चालन पनि उनीहरूले रिसोर्ट निर्माण गर्ने उद्देश्य लिएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस