२०८१ चैत्र ६ गते बुधवार

बालमैत्री पालिका बनाउन आवश्यक समन्वय गर्ने न्यूसिपिसीको निर्णय


तुलसीपुर, २३ जेठ । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसीपीसी) ले आगामी दिनमा योजनावद्ध तरिकाले अगाडि बढ्ने जनाएको छ । नागरीकहरुसंग प्रत्यक्ष रुपमा जोडिएर सामाजीक कार्यमा सक्रियता देखाउने जनाएको हो ।

सोमवार कार्यालयमा बसेको बैठकले विविध प्रश्तावनाहरु माथी छलफल गर्दै सस्ंथालाई सामाजिकमूखी बनाउन लागिपर्ने संस्थाका अध्यक्ष नवराज लामिछाने बताउनुभयो । सस्ंथाका अध्यक्ष लामीछानेको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयहरुमा माथि छलफल गरि कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

जसअन्र्तगत तुलसीपुर उपमहानगरपालिकामा विविध कार्यक्रम सहितको प्रश्तावना सुचीकृत भईसकेको र तीन पालिकाहरुमा योजना बनाई सुचिकृत गर्नका लागि पहल गरिने निर्णय गरेको छ ।

यस्तै बालमैत्री नगर घोषणा गर्न, कुनै पनि बाल अधिकार दिवस कार्यक्रम संचालन गर्न , बाललस्वास्थ्य बाल शिक्षाको विषयमा कार्यक्रम गर्न विभिन्न संघसस्ंथाहरु संग सहकार्य गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले किशोर किशेरीहरुको विषयमा संजाल गठन गर्ने, मावि सेन्टरलाई नमुना मावि र बालमैत्री विधालयको रुपमा निर्माण गर्न साझेदारी गर्न पहल गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश र केन्द्र सरकार संग योजना माग गर्न प्रतिनिधि मण्डल जाने निर्णय गरेको छ । बैठकले संस्थाको प्राविधिक शाखाका लागि प्रभु शाह र बालविज्ञका रुपमा कान्तीपुरकर्मी दुर्गालाल केसीलाई चयन गर्ने निर्णय गरेको छ ।

बैठकमा सस्ंथाका उपाध्यक्ष विजय केसी, महासचिव नानीमैँया वली, सहसचिव नारायण प्रशाद रेग्मी, कोषाध्यक्ष शुसील धिताल, सदस्य तुफान बाबु श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस