
रोल्पा, १३ जेठ । प्रथम रुन्टीगढी गाउँपालिका अन्तर वडास्तरीय खुल्ला भलिबल प्रतियोगीता शुक्रबारबाट सुरु भएको छ । “स्वाथ्यका लागि खेलकुद, मित्रताको लागि खेलकुद, पहिचानका लागि खेलकुद” भन्ने मुल नाराका साथ रुन्टीगढी गाउँपालिका रोल्पामा पुरुष भलिबल प्रतियोगीताको आयोजना गरिएको हो ।
रुन्टीगढी गाउँपालिका वडा न. ७ अध्यक्ष तथा गाउँपालिका खेलकुद समितिका अध्यक्ष टेकलाल पुनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष जनक पुनले गर्नुभएको हो ।
अध्यक्ष पुनले भौतिक विकास गर्ने काम मात्र विकास नभएको कुरा उल्लेख गर्दै खेलकुद पनि एउटा विकास विदा भएको कुरा बताउनुभयो ।
खेलकुदका माध्यमबाट रुन्टीगढीलाई पहिचान दिनको लागि आयोजना गरिएको उहाले बताउनुभयो । उहाँले खेलकुद स्वाथ्यको लागि राष्ट्रको लागि नभएर अनुशासनको लागि, आर्थिकको लागि पनि खेलकुद भएको उल्लेख गर्नुभयो । विश्वका विभिन्न क्लबहरु करोडौ डलरमा अनुबन्धन भएको कुरा बताउदै उहाँले खेल र खेलाडीकै कारणले मनग्य पैसा आर्जन गर्न सकिने बताउनुभयो ।
रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत रेमन्त बहादुर डागीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता के सी, नेपाली कांग्रेश क्षेत्रीय प्रतिनिधि दिलमन बुढाथोकी, नेकपा माओवादी लुम्बीनी प्रदेश सदश्य गोबिन्द पुन नजर, नेकपा एमाले रुन्टीगढी गाउँपालिका अध्यक्ष अमराज बस्नेत, समाज सेवी देबेन्द्र बोहोरा लगायतले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सहजीकरण सुबास चन्दले गर्नुभएको प्रेस संयोजक कमल खड्काले जानकारी दिनुभयो ।