रोल्पा – रुन्टीगढी गाउँपालिका पञ्चवर्षिय प्रथम आवधिक योजना निर्माणको तयारीमा जुटेको छ । भौतिक तथा मानविय विकासका हिसाबले गाउँपालिकालाई आगामी पाँच वर्षभित्रमा समृद्ध पालिका बनाउन पञ्चवर्षिय आवधिक योजना निर्माण हुन थालेको हो ।
आवधिक योजनाका लागि गाउँपालिकामा आइतबारदेखि छलफल शुरु भएको छ । बिषयगत समितिको बैठक तथा मस्यौदा प्रतिवेदनमाथि छलफल भई छलफल आज सोमबार समापन हुने गाउँपालिकाले जनाएको छ ।
आगामी ५ वर्ष भित्रमा गरिने कामको योजना बनाएर प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो । समृद्ध रुन्टीगढी ,सुखी रुन्टीगढी र सम्मानित रुन्टीगढीबासी बनाउने सोचका साथ आगामी ५ वर्ष भित्रसम्म गरिने कामको योजना हुन लागेको उहाँले बताउनुभयो ।
रुन्टीगढी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजिकरण हेडलाइट प्रालि काठमान्डौले गरेको छ । कार्यक्रम रुन्टीगढी गाउँपालिका सभाहलमा भइरहेको छ ।