रिहार । लमही नगरपालिका वडा ९ रिहारमा विपद जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धि एक दिवसीय कार्यशाला सम्पन्न भएको छ । लमही नगरपालिका वडा ९ तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुर को संयोजनमा टोलबस्ती तथा वडा समितिको सहभागीतामा विपद जोखिम नक्शाकन तथ्यांक संकलन कार्यशाला गरेको थियो ।
लमही नगरपालिका अन्तर्गतका जोखिममा रहेका टोल बस्ती हरुमा बाढी ,पहिरो ,आगलागी ,सडक दुर्घटना ,चट्याङ ,हावाहुरी लगायतका दैवीप्रकोप बाट जनधनको सुरक्षा तथा प्रकोप आउन न्यूनीकरण गर्ने उपाय तथा प्रभावित बस्ती बाट पीडित वडाबासी हरुको तथ्यांक संकलनमा सहज हुने वडाअध्यक्ष भेषबहादुर केसीले बताउनुभयो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नियमित वार्षिक कार्यतालिका अनुसार यस किसिमका कार्यशाला जोखिममा रहेका जिल्लामा प्रत्येक्ष प्रतिष्ठान पुगि कार्यशाला गर्ने गरेको तालिम संयोजक दिपक थापाले बताउनुभयो । प्रतिष्ठानको उद्देश्य प्रशिक्षण ,अनुसन्धान ,सूचना प्रवाह तथा परामर्शको माध्यम बाट स्थानीय तहमा प्रभावकारी गुणस्तरीय सेवाको सुनिश्चितता रहेको सहजकर्ता शत्रुधन चौधरीले बताउनुभयो ।
१८ टोलका पदाधिकारी ,सामुदायिक वन ,संघसंस्थाको सहभागीता रहेको वडा सदस्य ईश्वरा पछाई,पार्वती बिक,गणेश कुमाल, खिमबहादुर केसी तथा श्रीराम दहित लगायतले विपद जोखिम न्युनिकरणमा राज्य गम्भिर बन्नुपर्ने बताउनुभयो । दैवीप्रकोपबाट पीडित तथा सम्भावित क्षेत्र बस्तीको तथ्यांक संकलन गरिने वडाअध्यक्ष केसीले बताउनुभयो ॥