
गजल १ -म बाच्ने सबैले आश मारे पछि नरुनु है
म बाँच्ने सबैले आश मारे पछि नरुनु है
सेतो कफन बेरि मठमा सारे पछि नरुनु है
म भन्दिन तिमी खुसीयालीको भोज गर
मेरो लास मसानघाट झारे पछि नरुनु है
जलाई चिता मेरो अस्तु बगाइ फर्किदा
आउने बाटो काँडाले बारे पछि नरुनु है
मैले होईन दैबले नै धोका दियो म के गरु
म गएर तिमी एक्लो पारे पछि नरुनु है
सँगै जिउने मर्ने कसम बेकार भयो सानु
बाध्य छु म मृत्यु सँग हारे पछि नरुनु है
गजल २ – म मरेको दिन तिमी, हस्छौ कि रुन्छौ प्रिय
म मरेको दिन तिमी, हाँस्छौ कि रुन्छौ प्रिय
खुचिङ पो भन्छौ कि, त्यसै मुच्र्छा हुन्छौ प्रिय
सँगै हुँदा रिस गर्छौ, भित्र माया छ कि कतै ।
खस्न खोज्ने आँसुलाई, खसाल्छौ कि थुन्छौ प्रिय
सोच्दा सोच्दा मन घुम्छ, के के सोच्छु मनभित्र। देखेपछि मेरो लाशलाई, तर्कन्छौ कि छुन्छौ प्रिय
रुन्छन होला परिवारका, वियोगमा डाँको छोडि।
गाह्रो होला हाँस्नलाई, कि पिरव्यथा फुन्छौ प्रिय र
कुरा होलान गुन बैगुनका, अनि मेरो बारे
चुन्न परे गुन र बैगुन, तिमी कुन चुन्छौ प्रिय र
मर्ने जान्छन मरिकन बाँच्नेलाई दूख हुन्छ।
मनको माया समाल्छौ कि अर्को घर बुन्छौ प्रिय र
मैलो हुन्छ अरे मन मरेकालाई देखेपछि।
के के गर्छौ शुद्ध हुन, कि जिउ धुन्छौ प्रिय
सजिलो छ भन्नलाई भोग्न गाह्रो पर्छ नि त
मान्छे पिच्छे फरक अर्ति कस्का कुरा सुन्छौ प्रियर
गजल ३-मिलन बिछोड हासो रोदन, जिन्दगी को रित बने।
मिलन बिछोड हाँसो रोदन,जिन्दगीका रीत बने।
अँधेरी मा झर्या आँशु , बिहानी का शित बने॥
पुरानाति घाऊ बल्झी,ज्वारभाटा मनमा उठ्दा।
कयौँ पिडा गजल बने , कयौँ पिडा गीत बने॥
चाहेर नी सब्लाई याहाँ , खुसी पार्न नसकीने।
कती आफ्ना पराई बने, कती दुश्मन मीत बने॥
जीन्दगी को यात्रा बिच , यात्री धेरै मिले पनी।
मझधारमा एक्लै भाुछु , सबै यात्री अतीत बने॥
गजल ४-प्रेम बियोगमा मुटु जलाएपछि..
प्रेमबियोगमा मुटु जलाए पछि।
रात दिन आसुमा गलाए पछि।
न खुशी न मृत्यु मेरो जिन्दगीलाई,
थाहै नपाई पछाडिबाट ढलाए पछि … ।
किन भन्छौ के भो तिमीलाई?
मायाको बारीमा ऐसेलु फलाए पछि,
कसरी सुनाउ छट्पटिएका पलहरु,
खाटा बसेको घाउलाई चलाए पछि।
गजल ५-मरे तुल्य जिउदो लास भै बाचेकै छु
मरे तुल्य जिउदो लास भै बाचेकै छु।।
बेदनाको छाल संग नाता गासेकै छु।।
तिम्रो बचनले दुखाएको मेरो छाती।
यो दुनिया देखि लुकाएर राखेकै छु।।
लुटी सबै सारा खुशी तिमी भयौ टाढा।
जसो तसो आफ्नो इज्यत ढाकेकै छु।।
तिमी पुर्णिमाको जुन म औसीको रात।
बाध्यताले घेर्यो रुखो हासो हासेकै छु।।