२०८१ असोज ४ गते शुक्रवार

दाङमा करेन्ट लागेर एक शिक्षकको मृत्यु, दुई जना घाइते

तुलसीपुर, २० वैेशाख ।
दाङमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ घर भइ तुलसीपुरमा जापनिज भाषा पढाउँदै आएका २८ बर्षीय महेश बिकको बुधबार (आज) बेलुकी करेन्ट लागेर मृत्यु भएको हो ।

बेलुका ६ बजेतिर तुलसीपुर उपमहागरपालिका वडा नं. ६ स्थित बिद्युत कार्यालय नजिकै कार्यलयको बिज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको हो ।

गम्भीर अवस्थाका बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

त्यस्तै करेन्ट लागेर अरु थप दुई जना घाइते भएका छन्् । करेन्ट लागेर रुकुम पूर्वको पुथा – १२ कक्शेरा फल्नेका १६ बर्षीय अर्जुन बिक र भूमे गाउँपालिका – ४ काँडाकी १८ बर्षीया मोनिका बिक घाइते भएका छन् ।

दुबै जनालाई थप उपचारका लागि बाँकेको नेपालगंजस्थित नरसिंह होमका लागि रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । तीनै जनालाई पुरानो बिज्ञापन बोर्ड झिकेर नयाँ जडान गर्न थाल्दा करेन्ट लागेको थियो ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस