
दाङ, बैशाख २० । उच्च अदालत तुल्सीपुर दाङले घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत तुल्सीपुरका कायममुकाम मुख्य न्यायधि रणबहादुर बागचनको इजलाशबाट घोराही उपमहानगरपालिकाको शिक्षा ऐन २०७५ को दफा ३१ तथा शिक्षा नियमावली २०७६ को नियम २५ को ब्यवस्था र २०७६ को नियम ४९ को सरुवा सम्वन्धी ब्यवस्थाको सन्दर्भमा बिपक्षी घोराही उपमहानगरपालिकको शिक्षा समितिबाट २०७९ चैत ८ गते भएको निर्णय सुविधा सन्तुलनको दृष्टिले हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त देखिदा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन आदेश भएको छ ।
उक्त मुद्धामा उच्च अदालत तुल्सीपुरका न्यायधिश बविता उप्रति र न्यायधिश राजुराम सिलवालको सम्युक्त इजलाशबाट फरम फरक राय आएपछि आजसम्मका लागि मुद्धा सरेको थियो । आजको अन्तरिम आदेशमा न्यायाधीश राजुराम सिलवालको धारणालाई सदर गरेको छ ।
घोराही उपमहानगरपालिकाले गत चैत ८ गते १ सय १ जना शिक्षकको सरुवा गरेपछि पद्मोदय पब्लिक नमुना मा.वि भरतपुरका शिक्षक तर्कबहादुर बस्नेत सहितका शिक्षकले मुद्धा दर्ता गर्नु भएको थियो ।
नगरपालिकाले गरेको सरुवाको बिरोधमा शिक्षक महासङ्ग सहित पेशागत संगठन चरणवद्द आन्दोलनमा छन ।