२०८१ बैशाख ९ गते आइतवार

पर्यटकको रोजाईमा गणेशपुर पार्क (फोटो फिचर)

दाङ, १६ बैशाख । राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । पार्क अवलोकनका लागि पुग्नेहरु दैनिकरुपमा बढ्न थालेका छन् ।

पार्कमा अन्य दिनको तुलनामा सार्वजनिक विदाको दिनमा बढी घुम्न आउने गरेको अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो ।]

उहाँका अनुसार दैनिक करिब ५ सय आउने गरेका छन् । पार्कमा विभिन्न जातजातीका पोशाक लगाएर फोटो खिच्न पाइने गरेका छ भने घोडामा सवार गर्नेहरुको पनि संख्या बढ्दै गएको छ ।

पार्कमा दाङसहित सल्यान, रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, प्युठान, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस