२०८१ माघ ९ गते बुधवार

आगलागीबाट एक वर्षमा १ सय ९ जनाको मृत्यु

दाङ, २९ चैत । गर्मी बढेसँगै आगलागी, डढेलो तथा चट्याङका घटना बढ्न थालेका छन् । यी घटनाबाट हुने मानवीय क्षति पनि बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी २० ठाउँमा आगलागी, ४ ठाउँमा डढेलो र एक ठाउँमा चट्याङको घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार झण्डै एक वर्षमा आगलागीबाट मात्रै १ सय ९ जनाको मृत्यु भएको छ ।

बर्सेनि वन, जङ्गलमा आगलागी हुँदा लोप हुन लागेका प्रजाति थप जोखिममा परेका छन् । यसले गर्दा पर्यावरणलाई नै असर पुर्याउने जैविक विविधता क्षेत्रमा काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस