
तुलसीपुर, २८ चैत ।
तुलसीपुरमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगितामा आज क्वाटरफाईनल अन्तर्गत चार वटा खेल हुने छन् ।
आज क्वाटरफाईनल अन्तर्गत पहिलो खेल वडा नम्बर ७ र ५ बिच बिहान हुने छ । त्यसैगरि दोस्रो खेल वडा नम्बर १५ र १९ बिच हुनेछ ।
त्यसैगरि तेस्रो खेल वडा नम्बर ६ र २ बिच हुनेछ भने आजको अन्तिम खेल वडा नम्बर ९ र १२ बिच हुने खेल संयोजक बम बहादुर पुनमगरले बताउनुभयो । गत २५ गतेदेखि संञ्चालन भएको प्रतियोगिता ३० गतेसम्म चल्ने छ ॥
प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार