२०८१ चैत्र ८ गते शुक्रवार

मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

दाङ, २१ चैत । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन ।

घाइते हुनेमा तुलसीपुर ५ का गणेश केसीका ५ वर्षीय छोरा सुमन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा ईन्सपेक्टर पर्वत केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोघरेबाट वसपार्क तर्फ आउदै गरेको रा ३ प २९९६ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका केसीलाई दोघरे पुलचोक नजिकै ठक्कर दिदा दुर्घटना भएको हो ।

घाइते बालकको अबस्था मध्यम रहेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक तुलसीपुर ६ गोलौराका ३५ वर्षीय भानु वुढाथोकीलाई नियन्त्रणमा लिएर घाइतेको उपचारमा संलग्न गराएको प्रहरीले जनाएको छ ॥

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस