२०८१ जेष्ठ ९ गते बुधवार

दाङका एक युवकको जापानमा मृत्यु

दाङ, २० चैत ।
दाङका एक युवकको जापानमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका- ३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु भएको हो ।

जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका हुन् । आइतबार बिहान मात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो । उनीसँग शुक्रबार मात्रै कुराकानी भएको बुबा कणर्बहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार अघिल्लो वर्षको चैतमा खिम अध्ययनको सिलसिलामा जापान गएका हुन् । खिमका बुबा कणर्बहादुर तुलसीपुर उपमहानगरपालिका ३ का वडा सदस्य हुन् ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस