२०८१ फाल्गुन ३ गते शनिवार

लुम्बिनीसहितका देशका अधिकांश ठाउँमा आज भारी वर्षाको अनुमान

दाङ, १८ चैत । दाङसहित देशका अधिकांश ठाउँमा वर्षाको संभावना छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूणर् बदली रहेको छ ।

लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूणर् बदली रहनेछ । कोसी प्रदेश, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस