दाङ, ५ चैत । दाङमा सवारी दुर्घटनामा एक जनाकाे मृत्युु भएकाे छ भने दुई जना घाइते भएका छन् ।
सवारी दुर्घटनामा प्युठानकाे नाैबहिनी गाउपालिका वडा नम्बरका ६ का ३२ वर्षिय राजन केसीकाे मृत्यु भएकाे हाे ।
केसीकाे राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घाेराहीमा उपचारको क्रममा आइतबार आज बेलुका साढे छ बजेतिर मृत्युु भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा श्रीमती २६ वर्षकी सन्ध्या केसी र दुई वर्षको छाेरी राष्ट्रियता गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर वलीले जानकारी दिनुभयो ।
घाेराही लमही सडक खण्ड अन्तरगत घाेराही-३ कुईरेपानीमा लमहीतर्फ जाँदै गरेकाे ०३-००१ क ०१६९ नम्बरको मिनि ट्रकले विपरीत दिशाबाट आउदै गरेकाे बागमती प्रदेश ०२-०१६ प ३६५७ नम्बरको माेटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएकाे हाे ।
प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार