![](https://ekapinews.com/wp-content/uploads/2022/10/motar-accident-1.jpg)
दाङ, ५ चैत । दाङमा मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी तुलसीपुर-५ सल्यानरोडका ११ वर्षिय बालक तनबहादुर खड्का र मोटरसाइकल चालक तुलसीपुर-५ न्यूरोडका २२ वर्षिय मन्नुनाथ योगी घाइते हुनुभएको छ । घाइते खड्काको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।
दाङ- सल्यान सडकखण्ड अन्तर्गत गोठीखोलाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ४२१७ नम्बरको मोटरसाइकलले शनिबार साँझ साढे ६ बजेतिर खड्कालाई तुलसीपुर-५ सल्यानरोडमा ठक्कर दिएको हो ।
गम्भिर घाइते बालकको टाउको, कम्मर र शरिरमा चोट लागेको छ । बालकलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । तिब्र गतिमा आएको मोटरसाइकलले बालकलाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक योगी पनि घाइते भएको प्रहरीले जनाएको छ । योगीको अवस्था मध्यम रहेको छ । दुर्घटनापछि प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।