२०७९ चैत्र १० गते शुक्रवार

दाङमा अटो दुर्घटना हुँदा एक जना घाइते

दाङ, ४ चैत । दाङमा अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी दंगीशरण गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय बिमल योगी घाइते हुनुभएको हो । घाइते योगीको टाउको र अनुहारमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तुलसीपुरदेखि बालापुरतर्फ जाँदै गरेको रा १ ह ३१६६ नम्बरको अटो आज दिउँसो पौने ५ बजेतिर तुलसीपुर-८ अस्वारामा आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो । अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस