२०८१ बैशाख ९ गते आइतवार

तुलसीपुरमा कारको ठक्करबाट दुई जना घाइते

तुलसीपुर, ३ चैत ।
दाङमा कारले स्कुटीलाई ठक्कर दिँदा दुई महिला घाइते भएका छन् । तुलसीपुरको बिपिचोक नजिकै प्रदेश ३-०१-०२३ च ९९०१ नम्बरको कारले रा ४ प ३५४७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना घाइते भएका हुन् ।

कारको ठक्करबाट स्कुटी चालक तुलसीपुर-६ निवासी ३४ वर्षिय चन्द्रकुमारी केसी र स्कुटीमा पछाडी सवार सोहि ठाउँकै ३१ वर्षिय बिश्राणी चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

घाइेते दुवै जनाको अवस्था मध्यम रहेको छ । स्कुटी र कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस