२०८१ माघ ९ गते बुधवार

कपुरकोट-४ को प्रशासनिक भवनको शिलान्यास


सल्यान,३ चैत ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ को प्रशासनिक भवन बन्ने भएको छ । गाउँपालिकाको १३ औं गाउँसभाले वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्नका लागि ६० लाख बजेट बिनियोजन गरेपछि प्रशासनिक भवन बन्ने भएको हो ।

भ्वनको २०८० साल जेठ मसान्त सम्ममा भवन निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया मार्फत भुवनेश्वरी बिल्डर्स कपुरकोट-४ गाडापानीले जिम्मेवारी पाएको छ ।

वडाकार्यालयको आफ्नै भवन बन्ने भएपछि वडाबासी खुुसी भएका छन् । यसैबिच बिहिबार वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

भवनको शिलान्यास गर्दै कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले वडा कार्यालयको सेवा प्रबाहमा अत्यन्त कठिनाई भएपछि भवन निर्माणका लागि बिशेष प्राथामिकतामा राखी गाउँपालिकाले बजेट बिनियोजन गरेको बताउनुभयो ।

अबको केही महिनाबाटै वडा कार्यालयको सेवाप्रबाह सहज र सरल रुपमा नयाँ प्रशासनिक भवनबाट हुने बताउदै उपाध्यक्ष भण्डारीले भवन निर्माणका लागि जग्गादान गर्ने कपुरकोट-४ धनबाङका अशोक बुढा र हिरा बुढालाई धन्यवाद समेत दिनुभयो ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले भबन निर्माण गर्न जिम्मेवारी पाएको भुबनेश्वरी बिल्डर्सलाई तोकिएको समय सिमाभित्रै कार्य सम्पन्न अनुरोध गर्नुभयो ।

वलीले भवन निर्माणका बेला कुनै प्राबिधिक समस्या परेमा गाउँपालिकाका प्राबिधिकसंग समन्वय गरेर काम गर्न अनुरोध गर्नुभयो ।

भबन शिलान्यास कार्यक्रममा वडा नं.४ का वडा अध्यक्ष मित्रलाल कठायत, वडा सदस्यहरु, वडामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरु तथा वडाबासीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस