२०८१ मङ्सिर २३ गते आइतवार

रोल्पामा चट्याङ पर्दा एक घर पूर्णरूपले क्षति

चैत १ डुब्रीङ रोल्पा

रोल्पामा हिजो राती चट्याङ पर्दा एक घर पूर्णरूपले क्षति भएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६ डोक्रावन स्थित चन्द्र बहादुर खड्काको घरमा गयराती करिव साढे एघार बजेतिर चट्याङ पर्दा घर भित्रका सबै चिज नष्ट भएका छ्न् भने मानवीय क्षति भने हुन पाएन । घरकी वृद्धा डल्ली खड्का विरामीले थलिएको हुँदा उहाँको भने परिवारले बल्लबल्ल बाहिर ल्याउन सफल भएको थियो ।

चट्याङबाट घरमा भएका साना दुईवटा बाख्रा पाठा,विदेश जान ऋण कारेको नगद तीन लाख,अन्न,लत्ताकपडा ,बन्दोबस्त सामान गरि करिब साढे चार लाख क्षति भएको पारिवारिक स्रोतले जनाएको छ । मध्यरातमा भएको घटना पातलो बस्ती र पानीको अभावले आगो नियन्त्रण लिन कठिन भएको बुझेको छ । आज विहान अबेर मात्र स्थानीय निभाउन सफल भएका थिए ।

यसैविच घटनास्थलमा विहान वडा नं ६ अध्यक्ष घन बहादुर घर्ती र ईप्रका होलेरीबाट प्रहरी टोली पुगेर स्थलगत अवलोकन गरिएको छ । यता गाउँपालिका अध्यक्ष जनक पुन आगलागी पीडितलाई राहत सामाग्री सहित घटनास्थल तर्फ जाँदै गरेको बताईएको छ ।

परिवारलाई तत्काल बस्नको लागि स्थानीय आफन्त भिम बहादुर खड्काले आफ्नो घरमा आश्रय दिनुभएको छ । आगलागीबाट घर पूर्णरुपले नष्ट भएपछि परिवारले सहयोगको याचना गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस