२०८१ बैशाख ९ गते आइतवार

ज्ञानज्योती ईन्टर कलेज टि-20 क्रीकेट सुरु

लक्ष्मण बस्नेत ।

दाङ १८ फागुन । ज्ञानज्योती ईन्टर कलेज टि-२० क्रीकेट प्रतियोगिता २०७९ आज देखि तुलसीपुर अरनिको मैदानमा सुरु भएको छ ।

ज्ञान ज्योती कलेज तुलसीपुर दाङको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष दुजमान भण्डारीको ब्याटिङ, ज्ञान ज्योती एजुकेसन फाउन्डेसनका सिईओ सुरेन्द्र जिसिको बलिङ र दाङ जिल्ला क्रीकेट संघका कोषाध्यक्ष बालकृष्ण खत्रीको फिल्डिङ बाट गरिएको हो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी भण्डारीले राज्यले खेलकुद क्षेत्र लाई हेर्ने दृष्टिकोण फराकिलो बनाउन नसक्दा सिङ्गो खेलक्षेत्र ओझेलमा परेको बताउनु भएको छ । 

ज्ञानज्योती एजुकेसन फाउन्डेसनले खेलकुद क्षेत्रमा गरेको लगानी र उपलब्धिको उच्च प्रशंसा गर्नु भएका भण्डारीले निजि क्षेत्र बाट खेल गतिबिधिले राज्य लाई दवाव सृजना गरेको बताउनुभयो ।

ज्ञानज्योती एजुकेसन फाउन्डेसनका सिईओ सुरेन्द्र जिसिको अध्यक्षतामा भएको कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत मन बहादुर खड्का,जिल्ला खेलकुद बिकास समिति दाङका कोषाध्यक्ष ध्रुव आचार्य, एन प्याब्सन दाङका अध्यक्ष बिमल गौतम,जिल्ला क्रीकेट संघ दाङका कोषाध्यक्ष बालकृष्ण खत्री, जिल्ला युवा परिषद दाङका अध्यक्ष ऋषि राज लहरे अरुण,खेल पत्रकार लक्ष्मण बस्नेत लगाएतले खेलकुदको विकासमा तीन तहको सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । 

ज्ञानज्योती कलेजका एजुकेसन कोर्डिनेटर शरद गौतमको धन्यवाद रहेको कार्यक्रमको संचालन कलेजका   सोम राज बस्नेतले गर्नुभएको हो । 

यसैबिच आज भएको उद्घाटन खेलमा आयोजक ज्ञानज्योती कलेजले बिजयी सुरुवात गरेको छ । मेट्रो कलेज तुलसिपुर १२ हरिपौरी लाई १ सय १ रनले पराजित गर्दै ज्ञान ज्योतिले बिजयी सुरुवात गरेको हो । त्यस्तै राप्ती बबई क्याम्पस तुलसिपुरलाई २ सय ५२ रनको विशाल अन्तरले पराजित गर्दै महेन्द्र बहुमुखी क्याम्पस बिजयी भएको छ ।

कलेज स्तरबाट क्रीकेट खेलको बिकास र बिस्तारका साथै नयाँ प्रतिभाको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ जिल्लामा स्थापित कलेजका १२ टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको बिजेताले नगद २५ हजार,ट्रफी,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेताले नगद १५ हजार,ट्रफी,मेडल प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता अन्तरगत भोलि बिहानको पहिलो खेलमा माबी जजरागाउ घोराही र सिद्ध पृथ्वी श्रीगाउ भिड्ने छन् । खेल बिहान साढे सात बजेदेखी सुरु हुने आयोजकका सुदिप नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस