२०८० फाल्गुन २१ गते सोमवार

गोरखा मावि  तुलसीपुरलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

दाङ, १४ फागुन ।

दाङ जिल्ला स्तरीय १३ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गोरखा माबि तुलसिपुरले जितेको छ ।दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै गोरखा माबी तुलसिपुरले उपाधी जितेको हो ।

त्यस्तै ४ स्वर्ण, ७ रजत र १ कास्य पदकका साथ गोरखा माबी घोराही दोस्रो हुदा बिपि माबी बयाले शान्तिनगर ४ स्वर्ण पदकका साथ तृतीय भयो ।

प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्किको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र सामाजिक बिकास डिभिन कार्यालय तुलसिपुरका प्रमुख बेगम केसिको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा सर्वोउत्कृस्ट खेलाडि एथलेटिक्स छात्र जनप्रीय बोर्डिङ स्कुल बालापुरका सुजल डागी,छात्रा तर्फ गोरखा माबी तुलसिपुरका करुणा रिजाल,भलिबल छात्रामा जयशेर माबिका स्मृति पुनमगर, छात्रमा ज्ञानसिन्दुका हितेस राम्जाली घोषित भए ।

कबडीमा रोजि वर्डसका रोषण थापा, छात्रामा गुरुजजुर माबिका बिजया महतरा,कराते छात्र बिपि माबी बयालेका कुमार चपाई, छात्रामा तुलसी आबासिय का मनिसा खड्का, तेक्वान्दो मा छात्रमा गोरखा माबी घोराहिका जस्मिन चौधरी,छात्रामा महेन्द्र माबिका उमा पन्थी घोषित भए ।

बिजेता खेलाडिहरु लाई कार्यक्रमका प्रमुख अतिथी, बिशिस्ट अतिथी, अतिथी लगाएत पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकाए लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस