तुलसीपुर, २ फागुन ।
दाङको तुलसीपुरमा मंगलबार(आज)देखि दोस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टरिगाउ युवा क्लब तुलसीपुर १२ टरिगाउले बिजयी सुरुवात गरेको छ । बडहरा फुटबल क्लब घोराही लाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै टरिगाउँले बिजयी सुरुवात गरेको हो ।
उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको १२ औ मिनेटमा टरिगाउँका जर्सी न ९ का ब्रीजेश बिष्टले पहिलो गोल गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाउनुभयो भने ७३ औ मिनेटमा जर्सी नं. १० का सन्जु सेन ठकुरीले थप गोल गर्दै टिम लाई दुई सुन्यको जित दिलाउन सफल हुनुभयो ।
खेलको म्यान अफ म्याच जर्सी न ११ सुजन राना म्यान अफ द म्याच घोषित हुनुभयो । प्रतियोगीता अन्तरगत भोलि बुधबार एसएसएफ र फोरब्रदर्श नवलपरासी भिड्नेछन् । खेल दिउँसो साढे दुई बजे देखि सुरु हुनेछ ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहको छ । प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्र्फि र प्रमाणपत्र हात पार्ने छन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसैबिच हिरा डाँगी फाउण्डेसन तुलसीपुर-५ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य माननीय प्रचण्ड बिक्रम न्यौपानेले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै न्यौपानेले राष्ट्रको सान र गौरव लाई उच्च राख्ने एक मात्र दरिलो माध्यम खेलकुद भएको बताउनु भएको छ ।
कार्यक्रमा दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले खेलकुद स्वस्थ, अनुशासित नैतिक चरित्रवान नागरिक उत्पादन गर्ने थलो भएको बताउनु भएको छ । अनुशासनको उच्च पालना गर्दै यसको आदर्शलाई आत्मसात गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
फाउन्डेसनका अध्यक्ष पोखर सिह डाँगीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा फाउन्डेसनका संरक्षक मान बहादुर डागी, युवा परिषद दाङका अध्यक्ष ऋषि राज लहरे अरुण लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको हो ।
फाउन्डेसनका सचिव केशव चौधरी (मिग्मा)को स्वागत रहेको कार्यक्रमको संचालन फाउन्डेसनका सल्लाहकार लक्ष्मण बस्नेतले गर्नुभएको थियो ।