तुलसीपुर,२० कार्तिक ।
तुलसीपुरमा माेटरसाईकलबाट खस्दा एक जना गम्भीर घाईते हुनुभएको छ ।
आईतबार दिउँसो साढे १२ बजेतिर तुलसीपुर -९ बेलुका ४५ वर्षको खिमा केसी माेटसाईकलबाट खस्दा गम्भीर घाइते हुनुभएको हाे ।
तुलसीपुरकाे पुलचाेकबाट सक्सेस बाेडिङतर्फ जाँदै गरेकाे अल्फाबेट नखुलेकाे ३१०९ नम्बरको माेटरसाईकलबाट खस्दा केसी गम्भीर घाईते भएकाे ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख उत्तम जिसिले जानकारी दिनुभयो ।
उहाँकाे टाउकाेमा गम्भीर चाेट रहेकाे छ। गम्भीर घाईते केसीकाे राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेकाे छ ।
माेटरसाईकल चालक तुलसीपुर-१० गाउँका ३४ वर्षका बाेजराम चाैधरी फरार रहेका छन् ।
प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार