तुलसीपुर १६, असोज ।
सुनौलो सिर्जनशील युथ क्लब तुलसीपुर १६ दाङको आयोजनामा टोल स्तरिय फुटबल प्रतियोगिताको आज एक समारोह विच उद्घाटन गरिएको छ ।
क्लबका अध्यक्ष विरेन्द्र डाँगीको अध्यक्षता एवंम वडा नं १६ का वडा सदस्य मोहनलाल थारुको प्रमुख आतिथ्यतामा जारी प्रतियोगितामा वडा १६ का १० टिमको सहभागीता रहेको छ ।
लक्ष्मी माध्यमिक विद्यालय तुलसीपुर १६ लक्ष्मीपुरको खेल मैदानमा जारी खेलमा पहिलो खेल नमुना टोल विकास संस्था पिपरवा र पिपल चौतारी टोल विकास संस्था (बि) फचकलुवा बीच भएको खेलमा निर्धारित समय भित्र गोल हुन नसकेपछि पेनाल्टी सुटमा नमुना टोल विकास संस्था १ का विरुद्ध ३ गोल प्रहार गरि विजयी भएको छ ।
त्यसै गरी दोस्रो खेल अन्तरगत मजगाउँ टोल विकास संस्था मजगाउँ र उत्तर कुरहरिया टोल विकास संस्था उत्तर कुरहरिया बीच भएको खेलमा मजगाउँ टोल विकास संस्थाले ० का विरुद्ध १ गोलले जित हासिल गरेको छ ।
त्यसैगरी उद्घाटन सत्रको तेस्रो तथा अन्तिम खेल डाँडा पोखरी टोल विकास संस्था जोगीडाँडा र गणेशपुर टोल विकास संस्था विच खेल हुने भएको छ । खेल सोमबार महाअष्ठमीका दिन समापन हुने कार्यक्रम तय भएको आयोजकले बताएको छ ।