२०८१ मङ्सिर २३ गते आइतवार

दाङका १५ जना बेचविखनका घटनाबाट पिडित


दाङ, २१ भदौ ।
दाङका १५ जना बेचविखनका घटनाबाट पिडित बनेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पाँच वर्षमा १५ जना मानवबेचविखनका घटनाबाट पिडित बनेका छन् ।

आर्थिक वर्ष २०७५/२०७६ देखि चालुवर्षसम्म जिल्लाका १५ जना मानवबेचविखनका घटनाबाट पिडित बनेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार बेचविखनमा संलग्न पिडकको संख्या १८ जना रहेको र १३ जनालाई पक्राउ गरिएको छ ।

भारतलाई ट्रान्जिट प्वाइन्ट बनाउँदै विभिन्न देशमा नेपाली बेचबिखनमा पर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । भारतसहित कुवेत, तान्जेनिया, दुवई, साउदी अरब, केन्या, चिन, बंगलादेश लगायतका देशमा नेपालीहरु बेचविखनमा पर्ने गरेको प्रहरीले जनाएको छ ।

बेरोजगार, गरिबी , चेतनाको अभाव, विवाहको नाटक लगायतले धेरै बेचविखनमा पर्ने गरेका छन् । बेचविखनमा पुरुषभन्दा महिला बढी पर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस