२०८१ फाल्गुन १ गते बिहिवार

सिंचाई कुलोले बगाउँदा दाङमा एक महिलाको मृत्यु

दाङ, १७ भदौ ।
सिंचाई कुलोले बगाउँदा दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० को गौरीगाउँले कुलोले बगाउँदा तुलसीपुर- ६ गोलौरा गाउँकी ४७ वर्षीया सीता बस्नेत भण्डारीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार कुलोको लाप्कोमा चिप्लीएर खस्दा भण्डारीको मृत्यु भएको हो ।

ऋषिपञ्चमीको व्रत बसेकी सीता बिहीबार बेलुका करिब सात बजेतिर घरतर्फ जाँदै गर्दा गौरीगाउँले कुलोको लाप्कोबाट चिप्लिएर खसेको उहाँले बताउनुभयो ।

भण्डारीलाई बगेको ठाउँदेखि झन्डै एक किलोमिटर दक्षिणबाट उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

अस्पतालमा लगेको केही बेरमै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

विगत केही दिनयता तुलसीपुर क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले गौरीगाउँले कुलोमा पातुखोलाको ठूलो पानीको प्रवाह हुने गरेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस